Nidan Media

कानूनी शासन स्थापित गर्न अहिले पनि सकिएनः अर्थमन्त्री खनाल

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए ।

प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको भन्दै उनले कुनै पनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए ।

उनले रुल अफ ल स्थापित भएपछि मात्रै जेन-जीले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।

आन्दोलनपछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको भन्दै उनले कानूनी शासन स्थापित गर्न अहिले पनि नसकिएको बताए ।

अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरूले वित्तीय प्रशासनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.