Nidan Media

सभापतिमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेद्वार रहेको र सभापति बन्ने दाबी गरे । उनले सहमति भए आफू पद त्याग गर्नसमेत तयार रहेको स्पष्ट पारे ।

महाधिवेशन नेतृत्व परिवर्तन गर्नेमात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए।

उनले अहिले क्रियाशील सदस्यको नाम पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए।

महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको भन्दै महामन्त्री थापाले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए ।

जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले नियमित अधिवेशन वा विशेष महाधिवेशन हुनैपर्नेमा जोड दिँदै महाधिवेशन बिना नेपाली का‌ंग्रेस निर्वाचनमा नजाने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.