Nidan Media

दिपेन्द्र र करणको आक्रामक ब्याटिङमा नेपालद्वारा अमेरिकालाई २७२ रनको चुनौती

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको तेस्रो खेलमा नेपालले अमेरिकासँग खेलिरहेको छ । खेल जितका लागि नेपालले २७२ रनको चुनौती दिएको छ ।

खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै दिपेन्द्र सिंह ऐरी र करण केसीको आक्रामक ब्याटिङले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २७१ रन बनायो । दिपेन्द्रले ६७ बलमा ७५ रन बनाए । करण केसीले झनै आक्रामक खेल्दै ३१ बलमा ४९ रन जोडे ।

त्यस्तै कुशल भुर्तेलले ६५ बलमा ४७ रन जोडे । भिम शार्कीले ५८ बलमा ४३ तथा कप्तान रोहित पौडेलले ४६ बलमा ३६ रन जोडे । हर्मित सिंहले ३ विकेट लिए । पहिलो खेलमा नेपाल अमेरिकासँग सहजै पराजित भएको थियो ।

विश्वकप लिग-२ मा १८ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ८ अंक छ ।  तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।

२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको पहिलो स्थानमा पुगेको छ । स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.