Nidan Media

विपिनकाे शव नेपाल ल्याइयो, आजै गृह जिल्ला लगिने

काठमाडौँ । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याइएको छ ।

उनको शव सोमबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थल पुगेको बताइएको छ ।

विपिनको शव आज नै गृह जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित घरमा पठाइने भएको छ ।

कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार गर्ने तयारी भएको छ ।

अध्ययनको शिलसिलामा इजरायल पुगेका विपिनलाई युद्धको क्रममा हमासले नियन्त्रणमा लिएर लगेको थियो ।

अपहरणमा परेका विपिनको रिहाईका लागि नेपाल सरकार र पारिवारले पटक-पटक प्रयास गर्दा असफल भएको हो ।

केही अघि सर्ट भिडियो सार्वजनिक हुँदा उनी जीवितै रहेको अनुमान गरिए पनि इजरायल र हमास बीच युद्धविराम हुँदा उनी जीवित नरहेको जानकारी गराइएको थियो।

लगत्तै रेडक्रसमार्फत विपिनको शव इजरायल हुँदै सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको थियो ।

हमासले बन्धक बनाएको विपिनको हत्या आजभन्दा दुई वर्ष अगाडि नै भएको शव परीक्षणबाट पुष्टि भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.