Skip to main content

Nidan Media

एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको चौथो खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले अविजित ४० र महेदी हसनले ३२ रन बनाए। जवाफमा सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ र इशान पाण्डेले ३७ रन बनाए।

यसअघि तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै अलआउट भएको थियो। कर्णालीका युनिश ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए।

दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई आठ रनले पराजित गरेको थियो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १४९ रन मात्र बनाउन सक्यो। कमल ऐरीले चार विकेट लिए।

उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। पोखराले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.