काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बादल लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ।
दिउँसो देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।





