काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार बिहान देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको छ।
मंगलबार दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार तराई, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने क्रम जारी रहनेछ।





