आजको पञ्चाङ्ग
मिति २०८३ मंसिर ७ गते सोमबार, इस्वीसंवत नभेम्बर २३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४७, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ। आज कार्तिकशुक्लपक्षको चतुर्दशी तिथि रातिमा ११ः०० बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा भरणी रातिमा २ः२२ बजेसम्म त्यसपछि कृत्तिका लाग्नेछ। विष्कुम्भादि योगमा वरियान ३५ घटि ३८ पलासम्म त्यसपछि परिध योग लाग्नेछ। करणमा गर रहनेछ। आनन्दादि योगमा चर रहनेछ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ। आज दिनमान २६ घटि २९ पला अर्थात १० घण्टा ३८ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३२ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने समय दिनमा ३ः५० बजे र अस्ताउने समय रातिमा ४ः५० बजे रहेको छ। आज वैकुण्ठ चतुर्दशी व्रत गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आज आफ्नै राशिमा गोचर गर्ने चन्द्रमाले आत्मबल र कार्यक्षमतामा वृद्धि गराउनेछ। महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ। व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। दाजुभाइको सहयोगले राम्रा काम बन्नेछन् भने लेखन कलामा निखार आउनेछ। प्रेम र दाम्पत्य जीवन सुखद् रहनेछ। वैकुण्ठ चतुर्दशीको पावन बिहान भगवान् शिव र विष्णुको स्मरण गरी दिनको सुरुवात गर्नाले कार्यसिद्धि हुनेछ।
वृषः आज व्यय भावमा गोचर गर्ने चन्द्रमाले खर्चमा सन्तुलन राख्दै वैदेशिक तथा टाढाको व्यापारबाट लाभ दिलाउनेछ। शेयर बजारमा सोचविचार गरी गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आफन्त तथा कुटुम्बको सहयोगले सानो प्रयत्नमा पनि उपलब्धिमूलक कामहरू बन्नेछन्। बोली र कलाको प्रभावले अरूको मन जित्न सकिनेछ। परिवारसँग रमाइलो यात्रा र प्रेममा मधुरता छाउनेछ। आज साँझपख दीपदान गर्नाले मानसिक शान्ति र पारिवारिक सुख मिल्नेछ।
मिथुनः आज लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले आम्दानीका नयाँ स्रोतहरू खुलाउनेछ। प्रविधिको सही प्रयोगमार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। बिछोड भएका पुराना सम्बन्धहरू पुनः सुमधुर बन्नेछन् भने अग्रजहरूको साथले महत्त्वपूर्ण काम बन्नेछ। होटल, रेष्टुरेन्ट तथा बोल्ने पेसा व्यवसाय फस्टाएर जानेछ। जीवनसाथीसँग विश्वास र प्रेम बढ्नेछ। आजको पवित्र तिथिमा भगवान् विष्णुको आराधना गर्नाले आर्थिक समृद्धिमा थप टेवा पुग्नेछ।
कर्कटः आज कर्म स्थानमा गोचर गर्ने चन्द्रमाले कार्यक्षेत्रमा केही दौडधूप र चुनौती बढाउन सक्छ। भइरहेका काममा अचानक अवरोध आउन सक्ने भएकाले नयाँ लगानीका लागि केही समय पर्खनु उचित हुनेछ। आर्थिक लेनदेनमा सजग रहनुहोला, पैसा फस्ने सम्भावना छ। लामो यात्रा गर्दा र स्वास्थ्यको ख्याल राख्दा विशेष सावधानी अपनाउनुहोस्। वैकुण्ठ चतुर्दशी र सोमबारको संयोगमा शिवजीलाई जल अर्पण गर्नाले मनको चिन्ता हटेर काममा सहजता आउनेछ।
सिंहः आज भाग्य स्थानमा गोचर गर्ने चन्द्रमाले दीर्घकालीन फाइदा हुने व्यापार, उद्योग तथा शेयर बजारबाट मनग्गे आम्दानी दिलाउनेछ। आर्थिक अवस्था सुदृढ हुनाले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन्। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट विशेष लाभ मिल्नेछ। प्रेम र दाम्पत्य जीवनमा आत्मीयता बढेर जानेछ। वैकुण्ठ चतुर्दशीको पावन अवसरमा भगवान् नारायणको पूजा र धार्मिक कार्यमा सहभागी हुनाले भाग्यले पूर्ण साथ दिनेछ।
कन्याः आज अष्टम भावमा गोचर गर्ने चन्द्रमाले केही संघर्षपछि मात्र सफलता दिलाउनेछ। धैर्यताका साथ अघि बढ्दा पुराना समस्या सुल्झिनेछन् र शत्रुहरू परास्त हुनेछन्। बुवा वा अभिभावकको सहयोगले व्यावसायिक चुनौती चिर्दै गन्तव्यमा पुग्न सकिनेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समय अनुकूल बन्दैछ। खानपान र स्वास्थ्यमा ध्यान दिनुहोला। आज सोमबारको शुभ दिनमा महामृत्युञ्जय मन्त्र जप वा शिव दर्शन गर्नाले संकट टरेर जानेछ।
तुलाः आज सप्तम भावमा गोचर गर्ने चन्द्रमाले साझेदारी व्यापार, शेयर बजार र पारिवारिक जीवन सुखद बनाउनेछ। लामो समयदेखि अड्किएका काम बन्नुका साथै मनग्गे आम्दानी हुनेछ। समाजमा तारिफयोग्य काम गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। उच्च शिक्षाका लागि लामो यात्राको योग छ। जीवनसाथीको साथले मन प्रसन्न रहनेछ। आजको पावन तिथिमा तुलसीको पूजा र दीप प्रज्वलन गर्नाले घरमा सुख-शान्ति छाउनेछ।
वृश्चिकः आज छैटौँ भावमा गोचर गर्ने चन्द्रमाले काममा अलि बढी मिहिनेत र सतर्कता अपनाउनुपर्ने संकेत गर्छ। सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। पढाइलेखाइमा समय दिन नसक्दा पछि परिने र आफन्तसँग मनमुटाव हुने जोखिम छ। बाहिरी खानपानले स्वास्थ्यमा असर गर्न सक्छ। सोमबारको दिन भगवान् शिवको आराधना र गरिबलाई अन्नदान गर्नाले ग्रहको नकारात्मक प्रभाव कम भई शान्ति मिल्नेछ।
धनुः आज पञ्चम भावमा गोचर गर्ने चन्द्रमाले बुद्धि, विवेक र सन्तान सुख प्रदान गर्नेछ। एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ। पढाइलेखाइमा अपेक्षित नतिजा हात लाग्दा अग्रजहरू खुसी हुनेछन्। प्रविधि र सामाजिक सञ्जालको प्रयोगबाट आफ्ना विचार फैलाउन सकिनेछ। पारिवारिक यात्रा र प्रेम जीवन सुखद रहनेछ। वैकुण्ठ चतुर्दशीमा भगवान् विष्णुको स्तुति गर्नाले दाम्पत्य प्रेम अझ कसिलो बन्नेछ।
मकरः आज चतुर्थ भावमा गोचर गर्ने चन्द्रमाले घर-परिवार र मातृसुखमा विशेष ध्यान केन्द्रित गराउनेछ। शैक्षिक प्रतिस्पर्धा र कानुनी निर्णयहरू तपाईंको पक्षमा आउनेछन्। पुराना ऋण तथा रोगहरूबाट मुक्ति मिल्दै जानेछ। भविष्यका लागि व्यापारमा गरिने लगानी लाभदायी बन्नेछ। ईष्र्या गर्नेहरू आफैँ परास्त हुनेछन् भने प्रेम जीवन मधुर रहनेछ। आज सोमबारको पावन दिनमा शिवालयको दर्शन गर्नाले पारिवारिक कलह शान्त भई मनमा उत्साह जाग्नेछ।
कुम्भः आज तृतीय भावमा गोचर गर्ने चन्द्रमाले पराक्रम, साहस र आत्मविश्वास बढाउनेछ। शेयर बजार तथा व्यापार व्यवसायमा सुधार आउँदा दैनिकी सुदृढ बन्नेछ। आकस्मिक धनलाभ वा उपहार प्राप्तिको योग देखिन्छ। सन्तानको प्रगतिले मन हर्षित हुनेछ भने सामाजिक कामबाट नाम र दाम दुवै कमाउन सकिनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। वैकुण्ठ चतुर्दशीको अवसरमा भगवान् शिव-विष्णुको संयुक्त पूजा गर्नाले अधुरा इच्छाहरू पूरा हुनेछन्।
मीनः आज धन स्थानमा गोचर गर्ने चन्द्रमाले आर्थिक उन्नति र पारिवारिक सुख दिलाउनेछ। आमा वा आफन्तको सहयोगले घरजग्गा, सवारी साधन खरिद-बिक्री तथा व्यापारमा उल्लेख्य लाभ मिल्नेछ। शेयर बजार र वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। प्रेम जीवनमा सफलता मिल्नेछ। आजको पावन तिथिमा साँझपख दियो बालेर भगवान् नारायणको स्मरण गर्नाले धन-धान्यमा वृद्धि हुनेछ।
साइत (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ। त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व, पश्चिम र दक्षिणको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३० बजेदेखि ७ः५० बजेसम्म अमृत बेला
बिहान ७ः५० बजेदेखि ९ः१० बजेसम्म काल बेला
बिहान ९ः१० बजेदेखि १०ः३० बजेसम्म शुभ बेला
बिहान १०ः३० बजेदेखि ११ः४९ बजेसम्म रोग बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म उद्धेग बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म चर बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म लाभ बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म काल बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म शुभ बेला
राति ८ः२९ बजेदेखि १०ः१० बजेसम्म रोग बेला
राति १०ः१० बजेदेखि ११ः५० बजेसम्म उद्धेग बेला
राति ११ः५० बजेदेखि १ः३० बजेसम्म चर बेला
राति १ः३० बजेदेखि ३ः१० बजेसम्म लाभ बेला
रातिमा ३ः१० बजेदेखि ४ः५१ बजेसम्म अमृत बेला
रातिमा ४ः५१ बजेदेखि ०६ः३१ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन।




