आजको पञ्चाङ्ग
मिति २०८३ मंसिर ६ गते आइतबार, इस्वीसंवत नभेम्बर २२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४७, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ। आज कार्तिकशुक्लपक्षको त्रयोदशी तिथि रातिमा १२ः३२ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा अश्विनी रातिमा ३ः१७ बजेसम्म त्यसपछि भरणी लाग्नेछ। विष्कुम्भादि योगमा व्यतिपात ४१ घटि ३३ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ। करणमा कौलव रहनेछ। आनन्दादि योगमा आनन्द रहनेछ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ। आज दिनमान २६ घटि ३१ पला अर्थात १० घण्टा ४० मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३१ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने समय दिनमा ३ः३१ बजे र अस्ताउने समय रातिमा ३ः४४ बजे रहेको छ। आज प्रदोष व्रत गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आज आम्दानीभन्दा खर्च बढी देखिनेछ । टाढाको यात्रा, परदेश वा पर्दापछाडिका काममा समय बित्नेछ। आर्थिक कारोबारमा अरूको भर पर्दा समस्या आउनेछ, त्यसैले आफ्नो निर्णय आफैँ गर्नुहोला। मनमा अनावश्यक डर वा बेचैनी पैदा भए एकान्तमा बस्नुभन्दा सिर्जनात्मक काममा ध्यान दिनु लाभदायक हुनेछ। निद्रा र आरामलाई बेवास्ता गर्दा थकान बढ्नेछ।
वृषः आज आत्मविश्वाससँगै कामप्रतिको लगाव बढ्नेछ। हिजो अधुरो रहेको कामलाई आज व्यवस्थित ढङ्गले अघि बढाउन सकिनेछ। व्यक्तित्वको प्रभावका कारण भेटघाटमा आफ्नो कुरा स्थापित गर्न सहज हुनेछ। परिवारबाट साथ मिल्नुका साथै नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। व्यापार वा पेशामा तत्काल ठूलो परिवर्तनभन्दा अहिलेको उपलब्धिलाई बलियो बनाउनु उपयुक्त हुनेछ।
मिथुनः आज धन र वाणी दुवै महत्वपूर्ण बन्नेछन्। आर्थिक रूपमा केही राहत मिल्ने संकेत भए पनि परिवारको आवश्यकतामा खर्च हुनेछ। बोल्दा निकै सोचविचार गर्नुहोस्, किनकि सामान्य टिप्पणीले पनि विवाद निम्त्याउनेछ। पुरानो रकम उठाउने वा रोकिएको भुक्तानीबारे पहल गर्दा सकारात्मक प्रतिक्रिया मिल्नेछ। खानपानमा असावधानीले पेटमा असहजता ल्याउन सक्ने भएकाले सन्तुलन आवश्यक छ। आज विपन्न तथा असहायको सहयोगमा सहभागी हुँदा पुण्य मिल्नेछ।
कर्कटः आज साहसपूर्वक काम अघि बढाउने समय रहको छ। दाजुभाइ, सहकर्मी वा नजिकका साथीको सहयोगले रोकिएको काम फुकाउन सकिन्छ। यात्रासँग जोडिएका काममा उत्साहजनक प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने अवसर आउँदा पछि नहट्नुहोला। सानो प्रयासबाट ठूलो परिणाम निकाल्न सकिने भएकाले आज सक्रियता कायम राख्नु राम्रो हुन्छ। आज हनुमानजीको दर्शन वा हनुमान चालिसा पाठ गर्नु निकै शुभ हुनेछ।
सिंहः आज घरपरिवार र व्यक्तिगत विषयले बढी ध्यान तान्नेछन्। घरको वातावरणमा कहिलेकाहीँ मतभेद देखिए पनि समझदारीबाट मिलाउन सकिनेछ। सम्पत्ति, सवारी वा घर मर्मतसम्भारमा आकस्मिक खर्च आउनेछ। आमाको स्वास्थ्य तथा ज्येष्ठ सदस्यको आवश्यकतालाई बेवास्ता नगर्नुहोला। बाहिरी प्रतिस्पर्धाभन्दा पारिवारिक व्यवस्थापनलाई प्राथमिकता दिँदा मन शान्त हुनेछ। आज शिव-पार्वतीको पूजा गरी घरमा सुखशान्तिको कामना गर्नु उत्तम हुनेछ।
कन्याः आज बुद्धि, अध्ययन र सिर्जनात्मक क्षमताले राम्रो साथ दिनेछ। विद्यार्थीका लागि जटिल विषयमा नयाँ उपाय भेटिने छ। सन्तानसँग सम्बन्धित कामबाट सन्तोष मिल्नेछ। प्रेम सम्बन्धमा आफ्नो भावना स्पष्ट राख्दा नजिकपन बढ्नेछ। नयाँ योजना वा लेखनसम्बन्धी काम सुरु गर्न पनि आजको दिन उपयुक्त छ। आज देवीको आराधना गर्दै दुर्गा सप्तशतीको स्मरण गर्नु निकै शुभ हुने ग्रहगोचर रहेको छ।
तुलाः आज चुनौतीको सामना गर्नुपर्ने दिन रहेको छ। कार्यालयमा जिम्मेवारी बढ्नेछ र सहकर्मीबीच प्रतिस्पर्धाको वातावरण बन्नेछ। ऋण, कानूनी झमेला वा पुरानो विवादसँग जोडिएको विषयमा कागजात सुरक्षित राख्नुहोला। शरीरमा आलस्य वा सामान्य अस्वस्थता महसुस भए आरामका लागि समय निकाल्दा राम्रो हुनेछ। विरोधीको गतिविधिमा बढी ध्यान दिनुभन्दा आफ्नै काममा केन्द्रित हुनु लाभदायक हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
वृश्चिकः आज साझेदारी र सम्बन्धका विषयलाई प्रमुख बनाउनेछ। जीवनसाथी वा व्यावसायिक सहयात्रीसँग महत्वपूर्ण निर्णयमा सहमति जुट्नेछ। नयाँ ग्राहक वा परिचितसँग भएको भेटले भविष्यमा फाइदा पुर्याउनेछ। प्रेम सम्बन्धमा भावनात्मक नजिकपन बढ्नेछ। आफ्ना अपेक्षा मात्र थोपर्ने काम नगर्नुहोला। व्यापारिक सम्झौता गर्दा मौखिक सहमतिभन्दा लिखित आधारलाई प्राथमिकता दिनुहोला। आज शिव-पार्वतीको संयुक्त पूजा गरी दाम्पत्य सद्भावको कामना गर्दा निकै राम्रो हुनेछ।
धनुः आज समय भरपर्दो रहने छैन। गोप्य कुरा अरूलाई सुनाउँदा त्यसको गलत अर्थ लाग्नेछ, त्यसैले व्यक्तिगत विषयमा मौन बस्नुहोला। आर्थिक कारोबारमा असावधानी गर्दा नोक्सानी हुनेछ। स्वास्थ्यमा पुरानो समस्या दोहोरिन सक्छ, समयमै ध्यान दिनुहोला। अनुसन्धान, साधना वा गम्भीर विषयको अध्ययनमा ध्यान केन्द्रित गर्दा राम्रो हुनेछ। आज मानसिक स्थिरताका शिव मन्दिरमा जल चढाउँदा लागि निकै उपयोगी हुनेछ।
मकरः आज भाग्य, धर्म र गुरुजनसँग सम्बन्धित पक्षलाई बलियो बनाउनेछ। अनुभवी व्यक्तिको सुझावले कामको नयाँ बाटो देखाउनेछ। लामो यात्रा वा अध्ययनको योजना अघि बढाउन सकिनेछ। सरकारी वा प्रशासनिक काममा पनि अपेक्षित सहयोग प्राप्त हुने सम्भावना छ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुँदा नयाँ परिचय बन्नेछ। आज गौरी-शंकरको स्मरण गर्दै ज्येष्ठ व्यक्तिको आशीर्वाद लिँदा निकै राम्रो हुनेछ।
कुम्भः आज कामकाजमा व्यस्तता बढ्नेछ। तर अपेक्षित नतिजाका लागि धैर्य गर्नुपर्ने देखिएको छ। कार्यालयमा नयाँ जिम्मेवारी आउनेछ । आफ्नो कार्यशैलीमाथि उच्च अधिकारीको ध्यान जानेछ। व्यवसायीले पुराना हिसाबकिताब मिलाउँदा उपयुक्त हुनेछ। करियरसम्बन्धी निर्णयमा अरूको दबाबभन्दा आफ्नो दीर्घकालीन उद्देश्यलाई महत्व दिनुहोला। आजको दिन ठूलो छलाङभन्दा स्थिर प्रगतिका लागि राम्रो देखिनेछ। आज कर्ममा अनुशासन कायम राख्ने संकल्प गर्दा निकै लाभदायक हुनेछ।
मीनः आज लाभ र सम्पर्क विस्तारका लागि अवसर मिल्नेछ । पुरानो चिनजानबाट उपयोगी सूचना वा कामको प्रस्ताव आउने सम्भावना रहेको छ। आर्थिक रूपमा अपेक्षा गरेभन्दा राम्रो उपलब्धि हात पर्नेछ। साथीभाइसँगको भेटघाटले भविष्यका योजनामा सहयोग पुर्याउनेछ। सामाजिक क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी बनाउन सकिनेछ। ऋाज कुनै असहाय व्यक्तिको शिक्षा, सुरक्षा वा आवश्यकतामा सहयोग गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
साइत (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ। त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र दक्षिणको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः२४ बजेदेखि ७ः४५ बजेसम्म उद्धेग बेला
बिहान ७ः४५ बजेदेखि ९ः०६ बजेसम्म चर बेला
बिहान ९ः०६ बजेदेखि १०ः२७ बजेसम्म लाभ बेला
बिहान १०ः२७ बजेदेखि ११ः४८ बजेसम्म अमृत बेला
बिहानमा ११ः४८ बजेदेखि १ः०९ बजेसम्म काल बेला
दिनमा १ः०९ बजेदेखि २ः३० बजेसम्म शुभ बेला
दिनमा २ः३० बजेदेखि ३ः५० बजेसम्म रोग बेला
दिनमा ३ः५० बजेदेखि ५ः११ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः११ बजेदेखि ६ः५१ बजेसम्म चर बेला
साँझ ६ः५१ बजेदेखि ८ः३० बजेसम्म लाभ बेला
राति ८ः३० बजेदेखि १०ः०९ बजेसम्म अमृत बेला
राति १०ः०९ बजेदेखि ११ः४८ बजेसम्म काल बेला
राति ११ः४८ बजेदेखि १ः२७ बजेसम्म शुभ बेला
राति १ः२७ बजेदेखि ३ः०६ बजेसम्म रोग बेला
रातिमा ३ः०६ बजेदेखि ४ः४५ बजेसम्म उद्धेग बेला
रातिमा ४ः४५ बजेदेखि ०६ः२५ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन।



