काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहान हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।





