काठमाडौँ । विजयादशमीदेखि शुरू भएको दशैँको टीका लगाउने क्रम आज त्रयोदशीमा पनि जारी छ।
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न नेपालीहरू टाढाटाढाबाट आफन्तकहाँ पुगिरहेका छन्।
विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा टाढा रहेका माइती, मावली र आफन्तकहाँ जान नपाएकाहरूले त्यसपछिका दिनमा पनि मान्यजनबाट टीका र आशीर्वाद लिने परम्परा छ।
नेपाली परम्पराअनुसार दशैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म चल्छ।
यस अवधिमा चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू मान्यजनकहाँ पुगेर निधारमा टीका, कानमा जमरा लगाई आशीर्वाद ग्रहण गर्ने गर्छन्।





