काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन्।
लामिछानेको निजी सचिवालयले दिएको जानकारीअनुसार उनी धनगढी हुँदै भारत गएका हुन्।
सचिवालयका अनुसार भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिकस्थल कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ।
तीन दिनको निजी तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने पनि उनको निजी सचिवालयले जनाएको छ।





