काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
मूल्य घटेसँगै आइतबार सुनको भाउ तोलामा एक हजार पाँच सय र चाँदीको सय रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो ।
यता शुक्रबार प्रतितोला तीन हजार सात सय रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार घटेर तीन हजार छ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





