सिराहा। सिराहाको सिरहा नगरपालिका-११ भलुवाहीस्थित चौहर्वा-सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान चौहर्वाबाट सिराहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको छ।
दुवै सवारीसाधन कार्यालयतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान तथा आफन्तको खोजीसमेत भइरहेको छ।




