काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ।
हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
बुधबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।
देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।





