Skip to main content

Nidan Media

कास्की कारागारबाट फरार जन्मकैद सजाय पाएका कैदी पक्राउ

पोखरा । कास्की कारागारबाट फरार भएका जन्मकैद सजाय पाएका कैदी सन्तोष जलारी पक्राउ परेका छन्।

ज्यान र डाकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट जन्मकैदको फैसला भएपछि सजाय भुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ खपौदीका ३७ वर्षीय जलारी कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार उनी कात्तिक १ गते राति कास्की कारागारबाट फरार भएका थिए।

फरार कैदीको खोजीमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

संयुक्त प्रहरी टोलीले जलारीलाई मंगलबार पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित न्यू झरना गेस्ट हाउसबाट पक्राउ गरेको हो।

उनी गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.