आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक ४ गते बुधबार, इस्वीसंवत अक्टोबर २१ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल (दुर्गा)पक्षको दशमी तिथि बिहानमा १०ः५१ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा धनिष्ठा साँझमा ५ः४३ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा गण्ड ४४ घटि १७ पलासम्म त्यसपछि वृद्धि योग लाग्नेछ। करणमा वणिज रहनेछ। आनन्दादि योगमा मित्र रहनेछ।
सूर्य तुला राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ। आज दिनमान २८ घटि १९ पला अर्थात ११ घण्टा २३ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०८ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२७ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः३१ बजे र अस्ताउने समय रातिमा १ः०८ बजे रहेको छ। आज विजयादशमी पर्व रहेको छ।
विजयादशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। त्यसपछि बिहान १० बजेर २६ मिनेटमा विजयादशमीको टीका लगाउने उत्तम साइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ।
आजको राशिफल
मेषः आज विजयादशमीको अवसरमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा मनमा नयाँ उत्साह जाग्नेछ। लामो समयदेखि रोकिएका काम अघि बढाउने अवसर मिल्नेछ। साथीभाइ तथा शुभचिन्तकसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरणा दिनेछ। व्यापार तथा पेसामा सक्रिय व्यक्तिका लागि नयाँ सम्भावनाको ढोका खुल्नेछ। आर्थिक लाभका अवसर देखिए पनि भविष्यको योजनाअनुसार खर्च गर्नुहोला। परिवारमा खुसी र आत्मीयता बढ्नेछ। दिनको सकारात्मक ऊर्जालाई आगामी दिनका लक्ष्य निर्धारणमा उपयोग गर्नुहोला।
वृषः विजयादशमीले तपाईंलाई कर्मप्रति थप प्रतिबद्ध बन्ने प्रेरणा दिनेछ। मान्यजनबाट प्राप्त आशीर्वादले जिम्मेवारी पूरा गर्ने आत्मविश्वास बढाउनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने वा रोकिएका कामलाई गति दिने अवसर मिल्नेछ। व्यापारमा विस्तारको सम्भावना देखिए पनि निर्णय लिनुअघि आवश्यक तयारी गर्नुहोला। परिवारका सदस्यसँग बसेर भविष्यका योजनाबारे छलफल गर्न सकिनेछ। टीका लगाउन जाने क्रममा यात्रा र समय व्यवस्थापनमा ध्यान दिनुहोला। चाडपर्वको रमाइलोबीच खर्चको सीमा कायम राख्नु बुद्धिमानी हुनेछ।
मिथुनः आज विजयादशमीको उल्लाससँगै नयाँ कुरा सिक्ने र भविष्यको बाटो स्पष्ट बनाउने चाहना बढ्नेछ। अग्रज तथा अनुभवी व्यक्तिबाट प्राप्त सुझावले व्यक्तिगत वा व्यावसायिक योजनामा सहयोग पु¥याउनेछ। अध्ययन, लेखन, सञ्चार र बौद्धिक काममा संलग्न व्यक्तिका लागि नयाँ अवसरबारे सोच्ने समय छ। टाढा रहेका आफन्तसँग सम्पर्क हुँदा आत्मीयता बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुँदा मन प्रसन्न रहनेछ। परिवारसँगको भेटघाटलाई प्राथमिकता दिनुहोला। उत्साहमा आएर तत्कालै ठूलो आर्थिक निर्णय नगरी त्यसको दीर्घकालीन प्रभावसमेत विचार गर्नु उचित हुनेछ।
कर्कटः विजयादशमीमा पारिवारिक सम्बन्ध र आपसी विश्वासलाई बलियो बनाउने अवसर मिल्नेछ। टीका तथा आशीर्वाद ग्रहण गर्ने क्रममा पुराना असमझदारी बिर्सेर सम्बन्ध सुधार्ने वातावरण बन्नेछ। आर्थिक लेनदेन वा साझा सम्पत्तिसम्बन्धी विषयमा छलफल गर्दा स्पष्टता अपनाउनुहोला। चाडपर्वको खर्चले बजेटमा दबाब पर्न सक्ने भएकाले आवश्यकताअनुसार रकम छुट्याउनु उचित हुनेछ। मनमा रहेका चिन्ता परिवारका विश्वासिला सदस्यसँग साझा गर्दा राहत महसुस हुनेछ। स्वास्थ्य र खानपानमा लापरबाही नगर्नुहोला। धैर्यपूर्वक अघि बढ्दा पारिवारिक खुसी कायम राख्न सकिने ग्रहगोचर छ।
सिंहः आज विजयादशमीले सम्बन्धमा सहकार्य, सम्मान र समझदारीको महत्व सम्झाउनेछ। जीवनसाथी, परिवार वा नजिकका व्यक्तिसँग समय बिताउँदा आत्मीयता बढ्नेछ। व्यापारिक साझेदार वा सहकर्मीसँग भविष्यका योजनाबारे छलफल हुनेछ। अरूको सुझावलाई सम्मान गर्दै अघि बढ्दा नयाँ सम्भावना पहिचान गर्न सकिनेछ। आफन्तको घरमा टीका ग्रहण गर्न जाने वा पाहुनाको स्वागत गर्ने क्रममा व्यस्तता बढ्नेछ। आफ्नो विचार मात्र सही ठान्ने प्रवृत्तिबाट टाढा रहनुहोला। चाडपर्वको रमाइलोमा खानपान र आरामको सन्तुलन मिलाउनु राम्रो हुनेछ।
कन्याः विजयादशमीको अवसरमा अधुरा काम पूरा गर्ने र आगामी दिनको कार्ययोजना बनाउने प्रेरणा मिल्नेछ। दैनिक जिम्मेवारी व्यवस्थित गर्न सके कार्यक्षेत्रमा सकारात्मक परिणाम प्राप्त गर्ने आधार तयार हुनेछ। परिवारका सदस्यसँगको भेटघाटले पुराना अनुभव र नयाँ योजनाबारे छलफल गर्ने अवसर दिनेछ। आर्थिक कारोबारमा हिसाबकिताब स्पष्ट राख्नुहोला। चाडपर्वमा खर्च बढ्ने भएकाले आवश्यक र अनावश्यक खर्च छुट्याउनु उचित हुनेछ। स्वास्थ्यका लागि नियमित खानपान र पर्याप्त आराममा ध्यान दिनुहोस्। मान्यजनको आशीर्वाद ग्रहण गर्दै आफ्नो कमजोरी सुधार्ने संकल्प गर्नुभयो भने यस दिनको महत्व अझ बढ्ने देखिएको छ।
तुलाः आज विजयादशमीको खुसीले सिर्जनात्मक सोच र व्यक्तिगत उत्साह बढाउनेछ। कला, साहित्य, अध्ययन वा आफ्नो रुचिको क्षेत्रमा नयाँ योजना बनाउने अवसर मिल्नेछ। विद्यार्थीले आगामी अध्ययनका लक्ष्य निर्धारण गर्न सक्नेछन्। प्रेम सम्बन्ध र पारिवारिक जीवनमा आत्मीयता बढ्ने सम्भावना छ। सन्तानको उपलब्धि वा परिवारका सदस्यको खुसीले मन प्रशन्न बनाउनेछ। आफन्तसँगको भेटघाटमा पुराना सम्झना ताजा हुनेछन्। आर्थिक विषयमा भने उत्सवको नाममा अनावश्यक खर्च नगर्नुहोला। मान्यजनको आशीर्वादलाई सकारात्मक परिवर्तनको प्रेरणाका रूपमा ग्रहण गर्नुहोस्।
वृश्चिकः विजयादशमीमा घरपरिवारसँग समय बिताउँदा मानसिक शान्ति र आत्मीयता प्राप्त हुनेछ। घरका ज्येष्ठ सदस्यसँगको भेटघाटले पारिवारिक परम्परा र संस्कारप्रति सम्मान बढाउन सक्छ। घरजग्गा, बसोबास वा पारिवारिक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चाडपर्वको तयारी र पाहुनाको स्वागतमा व्यस्तता बढे पनि जिम्मेवारी बाँडेर काम गर्नुहोला। पुराना असमझदारी हटाउन पहल गर्दा सम्बन्धमा सुधार आउनेछ। भावनात्मक विषयमा हतारमा प्रतिक्रिया नदिनु उचित हुनेछ। टीका, जमरा र आशीर्वादसँगै परिवारमा सुख, शान्ति र सद्भाव कायम राख्ने संकल्प गर्नुहोला।
धनुः आज विजयादशमीको अवसरमा आफन्त, साथीभाइ र शुभचिन्तकसँगको भेटघाटले उत्साह बढाउनेछ। नयाँ योजना अघि बढाउन आवश्यक सुझाव वा सहयोग प्राप्त हुनेछ। लेखन, सञ्चार, व्यापार तथा जनसम्पर्कमा सक्रिय व्यक्तिले आफ्नो अनुभवबाट आगामी कामको दिशा तय गर्नेछ। छोटो दूरीको यात्रा वा आफन्तको घरमा टीका ग्रहण गर्न जाने कार्यक्रम बन्नेछ। यात्रामा समय र सामानको सुरक्षामा ध्यान दिनुहोला। आर्थिक लाभका सम्भावना खोज्दै गर्दा खर्चको सीमा नाघ्न नदिनुहोस्। मान्यजनको आशीर्वादलाई मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धतासँग जोडेर अघि बढ्नु राम्रो हुनेछ।
मकरः विजयादशमीले आर्थिक अनुशासन र पारिवारिक जिम्मेवारीलाई नयाँ ढङ्गले व्यवस्थित गर्ने अवसर दिनेछ। परिवारका सदस्यसँग भविष्यको बचत, घरायसी आवश्यकता वा व्यावसायिक योजनाबारे छलफल हुनेछ। आम्दानी बढाउने उपाय खोज्दा दीर्घकालीन स्थिरतालाई प्राथमिकता दिनुहोला। आफन्तसँगको भेटघाटमा बोलीको मिठास र व्यवहारको सरलताले आत्मीयता बढाउनेछ। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्दा बजेटको ख्याल गर्नु उचित हुनेछ। खानपानमा संयम अपनाउनुहोला। टीका तथा जमरा ग्रहण गर्दै आगामी दिनमा आर्थिक व्यवस्थापन र जिम्मेवारी निर्वाहमा थप अनुशासित बन्ने संकल्प गर्न सक्नुहुन्छ।
कुम्भः आज विजयादशमीको अवसरमा व्यक्तिगत लक्ष्य र भविष्यको योजनाबारे नयाँ उत्साह जाग्नेछ। आफ्नो क्षमता र अनुभवलाई उपयोगी काममा लगाउने सोच विकसित हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी लिने वा रोकिएको योजनालाई अघि बढाउने तयारी गर्न सकिनेछ। परिवार र साथीभाइबाट प्राप्त सहयोगले आत्मविश्वास बढाउन सक्छ। मान्यजनसँगको भेटघाटमा उपयोगी सुझाव प्राप्त हुने सम्भावना छ। चाडपर्वको व्यस्तताबीच आफ्नो स्वास्थ्य र आरामलाई पनि समय दिनुहोला। अरूको अपेक्षा पूरा गर्ने क्रममा आफ्नै लक्ष्य नबिर्सनुहोस्। आशीर्वादसँगै सकारात्मक सोच, निरन्तर मेहनत र अनुशासनलाई आगामी दिनको आधार बनाउनु उचित हुनेछ।
मीनः विजयादशमीमा धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति आकर्षण बढ्नेछ। पूजा, टीका र मान्यजनको आशीर्वाद ग्रहण गर्दा मनमा शान्ति र नयाँ आशा जाग्नेछ। विगतका अनुभवको समीक्षा गर्दै भविष्यका योजना परिमार्जन गर्ने अवसर मिल्नेछ। टाढा रहेका आफन्तसँग सम्पर्क हुँदा आत्मीयता बढ्नेछ। आर्थिक विषयमा भने उत्सवका क्रममा हुने खर्चलाई व्यवस्थित गर्नुहोला। कामको चाप र पारिवारिक जिम्मेवारीका कारण थकान महसुस भए आरामका लागि समय निकाल्नु उचित हुनेछ। आजको दिनलाई पुराना कमजोरी सुधार्ने, सम्बन्ध सुमधुर बनाउने र आगामी यात्राका लागि सकारात्मक संकल्प गर्ने अवसरका रूपमा लिनुहोस्।





