Skip to main content

Nidan Media

एकैदिन तोलामा १३ हजार तीन सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा १३ हजार तीन सय र चाँदीको दुई सय ६५ रुपैयाँले बढेको छ।

मूल्य बढेसँगै बिहीबार छापालाला सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, बुधबार प्रतितोला तीन हजार छ सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर बहिीबार तीन हजार नौ सय २० रुपैयाँ कायम भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.