बझाङ। केदारस्युँ गाउँपालिका-७ भानचौरस्थित भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बुधबार बिहान ९ः१० बजे केदारस्युँ गाउँपालिका-७ भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल खसेको हो।
दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी घाइते भएका छन्।
यस्तै, दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी पनि घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। जिपमा सवार अन्य यात्रुको विवरण सङ्कलन गर्ने तथा दुर्घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको जनाइएको छ।





