Skip to main content

Nidan Media

तोलामा दुई हजार एक सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई हजार एक सय र चाँदीको २५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आइतबार प्रतितोला चार हजार चार सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर सोमबार चार हजार चार सय १५ रुपैयाँमामा कारोबार भइरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.