Skip to main content

Nidan Media

नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो। नेपालका कप्तान रोहित पौडेलले शतकीय पारी खेले। उनले १२७ बलमा १०१ रन बनाएर आउट भए।

यस्तै, गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। क्यानडाका अखिल कुमार र सुखजिन्दर सिंहले समान तीन विकेट लिए।

नेपालले यस शृङ्खलामा क्यानडा र ओमानसँग समान दुई–दुई खेल खेल्नेछ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानमा रहेको नेपालका लागि बाँकी खेल महत्त्वपूर्ण छन्।

लिग–२ का बाँकी चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले शीर्ष छभित्र पर्दै एकदिवसीय मान्यता जोगाउने सम्भावना कायम राख्न सक्छ। हाल नेपाल ३२ खेलबाट २४ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ।

लिग–२ को शीर्ष चारमा पर्दै विश्वकप छनोटमा सीधै पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ। अब नेपालले प्लेअफमार्फत विश्वकप छनोटमा स्थान बनाउने प्रयास गर्नुपर्नेछ।

नेपालले सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.