Skip to main content

Nidan Media

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपील

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ-गोरखा जोड्ने पुलसमेत बगाएको खबरले आफू दुःखी भएको थापाले बताएका छन्।

उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

विपद्का बेला प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउनु सबैको दायित्व भएको उल्लेख गर्दै थापाले उद्धार, राहत तथा सहयोगका काममा सक्रियतापूर्वक जुट्न कांग्रेसका सम्पूर्ण साथीहरूलाई अपिल गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.