Skip to main content

Nidan Media

पानामामा गयो शक्तिशाली भूकम्प, ४० भन्दा बढी परकम्प

काठमाडौँ । मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रबार दिउँसो ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सयौँ सर्वसाधारण त्रसित भएका छन् भने खानेपानी आपूर्ति र हवाई सेवा प्रभावित बनेका छन् ।

स्थानीय समयअनुसार दिउँसो १२ः५६ बजे गएको भूकम्पको गहिराइ ४ किलोमिटर थियो । पानामाको भूगर्भ विज्ञान संस्थानका अनुसार शुक्रबार बेलुका ५ः३० बजेसम्म ४० भन्दा बढी परकम्प रेकर्ड भएका थिए । तीमध्ये १२ वटा ५.० रेक्टर स्केलभन्दा बढी तीव्रताका थिए ।

भूकम्पका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा केही क्षेत्रमा खानेपानी वितरण प्रभावित भएको छ । राजधानीको टोक्युमेन अन्तर्राष्ट्रिय विमानस्थलमा सावधानीस्वरूप केही समय उडान रोकिए पनि निरीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।

पानामा नहर प्राधिकरणले नहरको सञ्चालन सामान्य रहेको जनाएको छ । नागरिक सुरक्षा निकायले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन र उद्धारको काम गरिरहेको छ । हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.