सर्लाही। सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
मृत्यु हुनेमा गोडैता नगरपालिका वडा नं ५ निवासी २३ वर्षीया गुरीया कुमारी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मलंगवा नगरपालिका-८ स्थित नेपाल बैंक चोकअगाडि नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज१त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ हिँडिरहेकी कुमारीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी कुमारीलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो ।
अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक गोडैता नगरपालिका-११ निवासी अन्दाजी १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





