काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा तीन हजार तीन सय र चाँदीको एक सय ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँ रहेको थियो।
यता, बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार बढेर चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।





