पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भानुभक्त अधिकारीको उम्मेद्वारीको चर्चा शुरू भएको छ।
संघको गरिमा, व्यावसायिक मैत्री वातावरण र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै अधिकारी नेतृत्वका लागि अघि बढ्न लागेका हुन्।
पोखराको सामाजिक तथा युवामाझ परिचित अधिकारी स्पष्ट वक्ता, पारदर्शी कार्यशैली र संस्थागत सुशासनका पक्षधरका रूपमा आफ्नो पहिचान बनाउन सफल व्यक्तिका रूपमा चिनिन्छन्।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै विभिन्न अभियान तथा गतिविधिमा देखाउँदै आएको नेतृत्वदायी भूमिकाले पनि उनको उम्मेद्वारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
व्यवसायीका समस्या, उद्योग-व्यवसाय क्षेत्रका चुनौती तथा राज्यका नीति-नियमका कारण व्यवसायीले भोग्नुपरेका समस्यालाई संस्थागत रूपमा उठाउनुपर्ने आवश्यकता बढिरहेका बेला अधिकारीको उम्मेदवारीलाई व्यावसायिक वृत्तमा सकारात्मक रूपमा लिन थालिएको छ।
अधिकारीले पोखरा उद्योग वाणिज्य संघलाई केवल व्यवसायीको हकहितमा आवाज उठाउने संस्थाका रूपमा मात्र नभई व्यावसायिक एकता, सहकार्य, पारदर्शिता र संस्थागत सुशासनको नमुना संस्था बनाउने उद्देश्यसहित अघि बढ्ने बताएका छन्।
पोखराको आर्थिक विकासमा उद्योगी तथा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले व्यवसायमैत्री नीति निर्माणका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्दै आएका छन्।
निजी क्षेत्रका समस्या समाधान गर्न सरकार र व्यवसायीबीच विश्वासिलो सम्बन्ध निर्माण गर्नुपर्नेमा उनको जोड छ।
अधिकारीको उम्मेद्वारीले पोखरा उद्योग वाणिज्य संघमा नयाँ पुस्ताको नेतृत्व, स्पष्ट दृष्टिकोण र पारदर्शी कार्यशैलीको अपेक्षा बढाएको छ।
व्यवसायीबीच आपसी सहकार्य र एकता कायम गर्दै संघको गरिमा अझ उचो बनाउने तथा पोखराको उद्योग-व्यवसाय क्षेत्रलाई थप गतिशील बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेका बेला उनको उम्मेद्वारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने, संघको गरिमा कायम राख्ने र पोखराको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धतासहित अधिकारी अघि बढ्न खोजेकाले उनको उम्मेदवारीप्रति व्यावसायिक क्षेत्रमा चासो बढेको छ।




