दाङ । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार साँझ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२-००१ ह १९२९ नम्बरको अटो आपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए। घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिका-५ वसन्तपुर निवासी ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य दुई घाइतेको अवस्था मध्यम रहेको छ। दुर्घटनामा संलग्न ट्याक्टर र चालक घोराही उपमहानगरपालिका-१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।



