नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ।
गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा तीन हजार छ सय र चाँदीको ५० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार छ सय रुपैयाँ रहेको थियो।
यता, गत शुक्रबार प्रतितोला चार हजार छ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर चारहजार सात सय १० रुपैयाँ पुगेको छ।





