Nidan Media

कर्जा सुस्त हुँदा बैंकमा थुप्रियो तरलता, निक्षेपको ब्याजदर घट्यो

काठमाडौँ । कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि वाणिज्य बैंकहरूले भदौका लागि निक्षेपको ब्याजदर घटाएका छन्।

२० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा झरेको छ।

साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो। संस्थागत निक्षेपको औसत अधिकतम दर पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा सीमित भएको छ।

सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै ०.२९ प्रतिशतविन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ।

नेपाल बैंकले व्यक्तिगत दर ४.१५ प्रतिशतमा झारेको छ। सिटिजन्स बैंकले ३.८५ प्रतिशत कायम गरेको छ।

नबिल र प्रभु बैंकले भने व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।

कर्जा विस्तार सुस्त र तरलता सहज रहेकाले आगामी महिनामा पनि निक्षेपको ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना कमजोर देखिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.