पोखरा। पन्त समाज कास्कीका सचिव रमेश पन्त, सदस्य तथा बैंकर ज्ञानेन्द्र पन्त, व्यवसायी राजु पन्त र दीपेन्द्र पन्तलाई मातृशोक परेको छ।
उनहरूकी ममतामयी माता कुञ्जाकुमारी पन्तको ८० वर्षको उमेरमा साउन २२ गते भरतपुरमा निधन भएको हो।
विसं २००३ साउन ५ गते पर्वतको फलेबास नगरपालिका-७, लिमीठानामा जन्मिएकी कुञ्जाकुमारी पछिल्लो समय माहिला छोरा राजु पन्तसँग भरतपुरमा बस्दै आएकी थिइन्। उनका चार छोरा, चार बुहारी, पाँच नाति र तीन नातिनी छन्।
कुञ्जाकुमारीका पति हरिप्रसाद पन्तको यसअघि नै निधन भइसके थियो। पन्त दम्पतीका जेठा छोरा रमेश पन्त प्राध्यापक हुन् भने माहिला छोरा राजु पन्त भरतपुरमा आफ्नै डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन्।
साहिँला छोरा ज्ञानेन्द्र पन्त हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख छन्। उनी यसअघि लामो समय पोखरामा कार्यरत थिए। कान्छा छोरा दीपेन्द्र पन्त परिवारसहित क्यानडामा बसोबास गर्दै आएका छन्।
मातृशोकमा रहेको पन्त परिवारले भरतपुर महानगरपालिका-९, शरदपुरमा काजकिरिया गरिरहेको छ।
यसैबीच कुञ्जाकुमारी पन्तको निधनप्रति पन्त समाज कास्कीले पनि दुःख व्यक्त गरेको छ। समाजका अध्यक्ष उपेन्द्रराज पन्तले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले शोकसन्तप्त पन्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।




