सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिका-११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की रहेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




