काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडकखण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा केही समय अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका पहिरो खसेलगत्तै डिभिजन सडक कार्यालयसँग समन्वय गरी सडक खुलाउने काम तत्काल शुरू गरिएको थियो।
पहिरो हटाइएपछि बिहान ८:५५ बजेदेखि सडक दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यात्रामा निस्किएका सवारीसाधनहरू अहिले सहज रूपमा गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।
सम्बन्धित निकायले वर्षायाममा पहिरोको जोखिम कायम रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ।




