Nidan Media

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

सुनसरी। जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ निवासी २५ वर्षीय रन्जित विक (कोक्लेटो) रहेका छन्।

प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतले लागुऔषध मुद्दामा उनलाई आठ वर्ष कैद सजाय सुनाएको थियो।

जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेर फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनलाई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.