सुनसरी। जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ निवासी २५ वर्षीय रन्जित विक (कोक्लेटो) रहेका छन्।
प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतले लागुऔषध मुद्दामा उनलाई आठ वर्ष कैद सजाय सुनाएको थियो।
जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेर फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनलाई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।





