Nidan Media

वीरगञ्जमा पनि निषेधाज्ञा

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा बिहीबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा बिहीबार साँझ ५  देखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी आदेशअनुसार तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

प्रशासनले शान्ति-सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.