Nidan Media

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यू

सिरहा। सुनसरीको हिंसात्मक घटनाको प्रभाव सेलाउन नपाउँदै सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार शान्ति-सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कर्फ्यू लागू गरिएको हो।

प्रशासनका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कहरहा खोलादेखि चौर्हवा चोकसम्म, सैनिक चोक आसपास तथा राजकीय प्राविधिक बहुमुखी क्याम्पस क्षेत्रभित्र साउन १४ गते दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यू लागू रहनेछ।

प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै शान्ति-सुरक्षा कायम राख्न सबै पक्षसँग सहयोगको अपील गरेको छ। साथै, कर्फ्यू आदेश उल्लङ्घन गर्ने जो-कोहीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.