Nidan Media

आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउने २४ वर्षे युवक पक्राउ

सुर्खेत। सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने तथा धार्मिक आस्थामा असर पर्ने सामग्री सार्वजनिक गरेको आरोपमा सुर्खेतमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका-३ निवासी २४ वर्षीय समिर थापा, जसले आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउने गरेका थिए, उनलाई बुधबार राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमा आम नागरिकमा भ्रम सिर्जना हुने, धार्मिक आस्थाप्रतिको विश्वासमा असर पर्ने तथा अनावश्यक विवाद उत्पन्न हुन सक्ने प्रकृतिका भिडियो र तस्बिर सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यस्ता सामग्रीले सामाजिक सद्भावमा समेत नकारात्मक असर पार्न सक्ने प्रहरीको भनाइ छ।

प्रहरीले समिर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.