Nidan Media

लेकसाइड र बिरौटामा पर्यटकलाई दुःख-हैरानी दिने आठ जना पक्राउ

पोखरा। पोखराको लेकसाइड र बिरौटा क्षेत्रमा पर्यटक तथा यात्रुलाई दुःख-हैरानी दिने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार राति लेकसाइड र बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई आकर्षक र सस्तोमा होटल मिलाइदिने भन्दै रोक्ने, बार्गेनिङ गर्ने तथा पछ्याएर अनावश्यक हैरानी दिने गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

सीआरभी बिरौटा र सीआरभी हल्लनचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये पाँच जना पोखरा महानगरपालिका-१७ बिरौटा क्षेत्रबाट र तीन जना पोखरा महानगरपालिका-६ हल्लनचोक क्षेत्रबाट पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.