Nidan Media

नेपाल नामिबियासँग तीन रनले पराजित, विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कमजोर

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

सोमबार राति भएको खेलमा नामिबियासँग ३ रनले पराजित भएपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना थप कमजोर बनेको छ।

नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८ र कुशल भुर्तेलले ३४ रनको योगदान दिए। अन्तिम ओभरमा नेपाललाई १७ रन आवश्यक रहे पनि टोली लक्ष्यमा पुग्न सकेन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर २११ रन बनाएको थियो।

जान फ्रायलिंकले १०० र लाउरेन स्टिनकाम्पले ५९ रन बनाए। नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए।

यही खेलसँगै करण नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बने।

नेपालले शृङ्खलाको अन्तिम खेल बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.