Nidan Media

आज पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस अवसरमा विभिन्न राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संगठनले पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरिरहेका छन्। काठमाडौंस्थित पुष्पलाल स्मृति प्रतिष्ठान, पार्टी कार्यालय तथा उजको सालिकमा माल्यार्पणसहित विशेष कार्यक्रम आयोजना गरिएको छ।

वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालले नेपालमा संगठित कम्युनिष्ट आन्दोलनको आधार निर्माण गरेका थिए। उनले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राणा शासनविरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक अधिकारको पक्षमा उनको योगदानलाई नेपाली राजनीतिक इतिहासमा विशेष रूपमा स्मरण गरिन्छ।

पुष्पलालले मार्क्सवादी विचारधारालाई नेपाली समाजअनुकूल व्याख्या गर्दै सामाजिक न्याय, समानता र जनअधिकारका पक्षमा निरन्तर संघर्ष गरेका थिए। उनको राजनीतिक दृष्टिकोण र वैचारिक योगदान आज पनि नेपाली वाम राजनीतिमा महत्वपूर्ण मानिन्छ।

२०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो। उनको स्मृतिमा प्रत्येक वर्ष साउन ७ गते विभिन्न कार्यक्रम आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहँदै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.