काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा पाँच हजार चार सय र चाँदीको एक सय १० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ रहेको थियो ।
यता, मंगलबार चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर बुधबार चार हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





