Nidan Media

श्रीबिष्णुको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ असार ११ गते बिहीबार, इस्वीसंवत जुन २५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको एकादशी तिथि रतिमा ९ः३१ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति साँझमा ६ः३३ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शिव २१ घटि ५ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ। करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ।

सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः११ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा ३ः१३ बजे र अस्ताउने समय राति १ः२२ बजे रहेको छ । आज निर्जला एकादशी व्रत गर्ने दिन र तुलसीको दल राख्ने दिन रहेको छ । साथै भूमी पूजा पनि आजै गरिनेछ ।

आजको राशिफल

मेषः आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने यउँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

वृषः आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुनः आज समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्य आम्दानि गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ ।

कर्कटः आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

सिंहः आजको समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

कन्याः आज समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।

तुलाः आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

वृश्चिकः आज पनि समय मध्यम खालको छ। आश्वासन बाँढ्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला। काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।

धनुः आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।

मकरः आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाईनेछ । तपाईँ आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ। मान्यजनको सुझाबलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।

कुम्भः आज दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

मीनः समय शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ। आज काल योग परेकाले सकभर यात्रा नगर्नुहोला त्यसमा पनि उत्तर दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।

साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तर तर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म शुभ बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म रोग बेला
बिहान ८ः३५ बजेदेखि १०ः१९ बजेसम्म उद्धेग बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म चर बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४६ बजेसम्म लाभ बेला
दिनमा १ः४६ बजेदेखि ३ः३० बजेसम्म अमृत बेला
दिनमा ३ः३० बजेदेखि ५ः१४ बजेसम्म काल बेला
दिनमा ५ः१४ बजेदेखि ६ः५८ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५८ बजेदेखि ८ः१४ बजेसम्म रोग बेला
साँझ ८ः१४ बजेदेखि ९ः३० बजेसम्म उद्धेग बेला
राति ९ः३० बजेदेखि १०ः४६ बजेसम्म चर बेला
राति १०ः४६ बजेदेखि १२ः०३ बजेसम्म लाभ बेला
राति १२ः०३ बजेदेखि १ः१९ बजेसम्म अमृत बेला
राति १ः१९ बजेदेखि २ः३५ बजेसम्म काल बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म शुभ बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.