Nidan Media

विश्वकपमा घानाको सनसनीपूर्ण जित, पानामा अन्तिम समयमा पराजित

काठमाडौँ । विश्वकप फुटबलमा घानाले सनसनीपूर्ण जित निकालेको छ ।

आफ्नो पहिलो खेलमा घानाले पानामालाई बिहीबार बिहान १-० ले हरायो ।

खेलको निर्धारित समयसम्म गोलरहित बराबरीको निरश खेलमा इन्जुरी समयको पाँचौँ मिनेटमा कालेब यिरेन्केयीले गरेको आक्रमण गोलमा परिणत भएको थियो । ब्रान्डन थोमसको पासमा कालेबले गोल गरेका हुन् ।

पानामाले ५६ प्रतिशत बल आफ्नो पक्षमा पारेको भए पनि जित भने हासिल गर्न सकेन ।

समूह एलको यो जितसँगै घाना ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानको इङ्गल्याण्डले बिहीबार बिहानै क्रोएसियालाई ४-२ ले हराएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.