Nidan Media

विश्व खडेरीविरुद्ध संघर्ष दिवस आज, भूमि संरक्षणमा विश्व समुदायको जोड

काठमाडौँ। आज असार ३ गते विश्वभर विश्व खडेरीविरुद्ध संघर्ष दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

मरुभूमीकरण, भूमि क्षयीकरण र खडेरीका बढ्दा समस्याप्रति जनचेतना अभिवृद्धि गर्दै प्राकृतिक स्रोतको दिगो संरक्षणमा जोड दिने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९४ देखि प्रत्येक वर्ष जुन १७ मा यो दिवस मनाउन थालिएको हो। जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित भूमि उपयोग र पानीका स्रोतको दोहनका कारण विश्वका धेरै मुलुकमा खडेरी र भूमि क्षयीकरण गम्भीर चुनौतीका रूपमा देखा परिरहेका छन्।

विज्ञहरूले उर्वर भूमि संरक्षण, वन क्षेत्र विस्तार, जलस्रोतको सदुपयोग तथा वातावरणमैत्री खेती प्रणाली अपनाउन सके खडेरीको जोखिम घटाउन सकिने बताएका छन्। नेपालमा पनि अनियमित वर्षा, लामो खडेरी र पहिरो तथा बाढीका घटनाले भूमि संरक्षण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनको आवश्यकता बढ्दै गएको छ।

यस दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी निकायले वृक्षारोपण, वातावरण संरक्षण र भूमि व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको सन्देश दिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.