काठमाडौँ । विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन् ।
मिसौरी राज्यस्थित कन्सास रंगशालमा भइरहेको समूह ‘जे’ को यो खेलको मध्यान्तरसम्म अर्जेन्टिना १-० ले अगाडि रहेको छ ।
अर्जेन्टिनाका लागि खेलको १७ औँ मिनेटमा लियोनल मेसीले गोल गरे । उनले रोड्रिगो डे पलको पासमा सुन्दर गोल गरेका हुन् ।
यो मेसीको विश्वकपमा १४ औँ गोल हो । बिहानमात्रै सेनेगलमाथि दुई गोल गर्दै फ्रेन्च खेलाडी केलियन एम्बाप्पेले विश्वकपमा १४ औँ गोल पुर्याएका थिए ।
अर्जेन्टिना इतिहास रच्ने अभियानमा छ । इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा अर्जेन्टिना रहेको छ ।
उता अल्जेरियाको लक्ष्य भनेको आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।




