Nidan Media

इराक-नर्वे विश्वकप खेल: पहिलो हाफमा नर्वे २-१ ले अगाडि

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा नतिजा रोचक बनेको छ। बोस्टन रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नर्वेले इराकविरुद्ध २-१ को अग्रता बनाएको छ। नर्वेका स्ट्राइकर हालान्डले दुई गोल गर्दै टिमलाई अग्रता दिलाएका छन्।

खेलको २९औँ मिनेटमा मोलर वोल्फेको बायाँ विङ्गबाट आएको क्रसमा हालान्डले सहज रूपमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।

तर इराकले ६ मिनेटअघि नै बराबरी फर्कायो। अल अमारीको सुन्दर क्रसमा हुसेनले शक्तिशाली हेडर गर्दै खेल १-१ मा ल्याएका थिए।

पहिलो हाफको ४३औँ मिनेटमा भने नर्वेले पुनः अग्रता लियो। गोलकिपर हसनलाई दबाबमा पार्दै हालान्डले बल खोस्दै गोल गरेपछि स्कोर २-१ भयो।

पहिलो हाफ सकिनुअघि इराकले फेरि बराबरी गर्ने अवसर गुमायो। मोलर वोल्फेले बायेशको नजिकको प्रहार रोकेका थिए भने अल हमादीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। साथै हाशिमको शक्तिशाली भली पनि निकै नजिकबाट माथि गएको थियो। अप्टाका अनुसार नर्वेले खेल जित्ने सम्भावना करिब ९० प्रतिशत रहेको देखाइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.