Nidan Media

सुनको भाउ बढ्दा चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढ्दा चाँदीको घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदीको २५ रुपैयाँ घटेको छ ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यता सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर मंगलबार चार हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.