काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदीको ५५ रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा रहेको थियो ।
यता, गत शुक्रबार प्रतितोला चार हजार आठ सय ४० रुपैयाँमा रहेको असली चाँदीको चाउ आइतबार बढेर चार हजार आठ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।




