Nidan Media

दोस्रो हाफमा जाग्यो पाराग्वे, अमेरिकाविरुद्ध मौरिसियोको पहिलो गोल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले अन्ततः गोल फर्काएको छ।

दोस्रो हाफमा निरन्तर दबाब सिर्जना गरिरहेको पाराग्वेले ७३औँ मिनेटमा गोल गर्दै अमेरिकाविरुद्धको अन्तर ३-१ मा झारेको हो।

मौरिसियोले गरेको गोलसँगै पाराग्वेले खेलमा फर्किने आशा जगाएको छ। मध्यान्तरपछि आक्रामक बनेको दक्षिण अमेरिकी टोलीले अमेरिकी रक्षापंक्तिलाई लगातार दबाबमा राख्दै आएको थियो र त्यसको प्रतिफलस्वरूप गोल गर्न सफल भयो।

पहिलो हाफमा भने अमेरिका पूर्ण रूपमा हाबी भएको थियो। पाराग्वेका डामियन बोबाडिलाको आत्मघाती गोलसँगै अग्रता बनाएको अमेरिकाका लागि फोलारिन बालोगुनले दुई गोल गरेका थिए।

७३ मिनेटको खेल सकिँदासम्म अमेरिकाले ३-१ को अग्रता कायम राखेको भए पनि पाराग्वेको गोलले खेललाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

पहिलो हाफमा डामियन बोबाडिलाको आत्मघाती गोल र बालोगुनको दुई गोलमा अमेरिका ३-० ले अघि बढेको थियो।

तर दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको पाराग्वेले ७३औँ मिनेटमा मौरिसियोको गोलमार्फत अन्तर ३-१ मा झार्दै खेलमा फर्किने संकेत दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.