Nidan Media

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ ।

सङ्घले चितवनलाई आधार मानेर निर्धारण गरेको नयाँ मूल्यसूचीअनुसार प्रमुख साइजका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरिएको हो।

सङ्घका अनुसार नयाँ मूल्य जेठ २३ गतेदेखि लागू हुनेछ । यसअघि जेठ १२ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य निर्धारण गरिएको थियो ।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५४५ रुपैयाँबाट बढेर ५६० रुपैयाँ पुगेको छ । ठूलो अण्डाको मूल्य ५३० रुपैयाँबाट ५४५ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी मिडियम अण्डाको मूल्य ५०० रुपैयाँबाट बढेर ५१५ रुपैयाँ पुगेको छ ।

सङ्घले सानो अण्डाको मूल्य भने प्रतिक्रेटका आधारमा नभई प्रतिपेटी तीन हजार रुपैयाँ तोकेको छ । यसअघि सानो अण्डाको मूल्य प्रतिक्रेट ४०० रुपैयाँ रहेको थियो ।

पछिल्लो ११ दिनको अवधिमा अण्डाको मूल्यमा पुनः वृद्धि भएपछि बजारमा पनि यसको असर पर्ने अनुमान गरिएको छ ।

फार्म समर्थन मूल्य बढेसँगै खुद्रा बजारमा अण्डाको बिक्री मूल्य समेत बढ्न सक्ने देखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.